१ किलो नक्कली सुन दिएर ५५ लाख ठग्ने समूहका ६ जना पक्राउ
बुधबार, २८ माघ २०७७, १५ : २४
नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौंको बालाजु बस्ने सन्त बहादुर लामा, नुवाकोट घर भइ तारकेश्वरको शान्तिटोल बस्ने ऋषमान घले, जेरी तामाङ, र मेख तामाङ, झापा घर भइ ताहाचल बस्ने अभय कुमार चौधरी तथा नुवाकोट घर भइ जरङगु बस्ने राज तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट बस्ने ९ लाख ५० हजारका साथै मोटरसाइकल २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी