बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

विरोधसभामा जनार्दन शर्माको गर्जन : केपी ओली कसरी पैदा भए ? समीक्षा गर्नुपर्छ

बुधबार, २८ माघ २०७७, १५ : ०२
बुधबार, २८ माघ २०७७

 नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले जनताको आवाज नसुनिए शानितपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट आफूहरुका माग नसुनिए जनता बाध्य भएर विद्रोहमा जान सक्ने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘जनताका आवाज सुन्दैनन् भने शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिनन्छन् र संघीयता विरोधीलाई समाप्त पार्नेछन् ।’ 

उनले संविधानमा लेखिएको जनताको अधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको भन्दै जनताको समस्या समाधान गर्नुपर्ने ठाउँमा ओलीहरुले ओम्नीहरुलाई संरक्षण गरिरहेको बताए । उनले समावेशी समानुपातिक अधिकार बोलीमा सीमित गर्ने, मौलिक अधिकारलाई नारा मात्रै बनाउनेविरुद्ध निरन्तर आन्दोलन गर्नुपर्ने भन्दै पार्टीभित्रको लोकतन्त्रलाई पनि मजबुत बनाइनुपर्ने बताए ।

‘यो सीमित अधिकारको परिणाम हो । केपी ओली कसरी पैदा भए ? यसको समिक्षा गर्नुपर्छ । अन्यथा यो स्वीकार गरेनौँ भने फेरि महेन्द्र र ओलीहरु जन्मिन्छन्’शर्माको भनाइ छ । उनले दलालको बीचमा नभइ जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप