बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘करप्सन’ आर्थिक क्षेत्रमा मात्रै नभएर ‘मेन्टालिटी’मा पनि छ : प्रधानमन्त्री ओली

बुधबार, २८ माघ २०७७, १३ : २७
बुधबार, २८ माघ २०७७

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकृत मनस्थिति मौलाएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ ढंगले काम गर्दा पनि जेसुकै राम्रो गर्दा पनि नराम्रो नै भन्ने र देख्ने प्रवृति रहेको बताएका हुन् ।

‘एउटा विकृत मनस्थिति नेपालमा छ । कसैलाई पनि चोखो भन्न दिनुहुदैन, कसैले राम्रो काम गर्छ भने पनि प्रशंसा गर्नुहँुदैन । उसको सम्बन्धमा मौन पनि बस्नु हुदैन हरेकलाई हिलो छ्याप्नुपर्छ, हरेक संस्था, व्यक्तिको मर्यादा नै समाप्त पार्ने गरी आक्रमण गर्नुपर्छ भन्ने विकृत मानसिकता, भ्रष्ट मनस्थिति, करप्ट मेन्टालिटी छ’, प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले करप्सन आर्थिक क्षेत्रमा मात्रै नभएर मेन्टालिटीमा पनि हुने बताए । ‘करप्सन आर्थिक क्षेत्रमा हुदैन, करप्ट मेन्टालिटीमा पनि हुन्छ,’ प्रधानमन्त्री ओलीले आफूलक्षित आलोचनाप्रति लक्षित गरे । उनले सञ्चारमाध्यमले यथार्थलाई खोजी गर्नुपर्नेमा आग्रहपूर्ण मान्यता राख्ने गरेको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यक्ता रहेको औल्याए । ‘आरोप प्रत्यारोप र गालिगलोजयुक्त समाज गलत मान्यता स्थापित गर्न खोजिएको छ । सवै व्युरोकेसी, सबै राजनीतिक भ्रष्टाचारी हुदैनन् । अपवादमा होलान्’, प्रधानमन्त्रीको भनाई छ । उनले भ्रष्टाचार साझा शत्रु भएको भन्दै सरकार शून्य सहनशिलताबाट पछि नहट्ने बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान निष्पक्ष हुनुपर्ने तर निर्दोष मानिसहरुका लागि  संरक्षणको थलो हो भन्ने मनमा पर्नेगरी काम गर्न पनि सुझाव दिए । सम्मृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्न लोकतान्त्रिक, सुशासनयुक्त समाज निर्माण गर्न आवश्यक रहेको प्रधानमनत्री ओलीको भनाई छ । ‘त्यसका लागि कानुनको राज, निश्पक्ष कार्यन्वयन, सवैलाई न्याय आवश्यक पर्छ । कसैले राज्यलाई देशलाई र राज्यको ढुकुटीको नोक्सान गर्न नपाओस् । सवै अंग इमान्दारीताका साथ क्रियाशिल हुन जरुरी छ’, प्रधानमन्त्री ओलीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप