सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु, दुई फिट माथिसम्म थुप्रियो

जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ ।
शनिबार रातिदेखि शुरु भएको हिमपातले दुई फिट माथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत सास्ती भएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले जानकारी दिए । उनका अनुसार चार दिनदेखि पशु चौपायालाई चराउन र अन्य घर बाहिरको कामकाज गर्नसमेत कठिनाइ भएको छ ।
पाँच महिना अघिबाट यस क्षेत्रमा हिमपात नभइरहेको बेला यस वर्षको पहिलो पटक चार दिन अघिबाट हिमपात शुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बालगायतका डाँडामा सेताम्य हिउँ परेको देखिन्छ । यसरी नै सङ्खुवासभाकै मकालु हिमालको आसपास क्षेत्र माङ्सिमा, सेदुवा, हटिया, चेपुवालगायतका क्षेत्रमा चिसो बढेसँगै आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिए ।
यता जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर–१ गुफापोखरीका स्थानीयवासी हिमा खनालले जानकारी दिए । पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको प्रवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल शुरु भएको खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू