शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११ मिनेटको ६ व्यायाम जसले ७ प्रतिशतसम्म फिटनेस बढ्ने, खुट्टा बलियो हुने र शरीर सुगठित हुने

बुधबार, २८ माघ २०७७, ०६ : ३०
बुधबार, २८ माघ २०७७

कोरोना कालमा धेरैजसो मानिसहरुले घरमा नै व्यायाम गर्नु उचित ठाने । यस्तोमा मानिसहरुलाई फिट राख्नका लागि स्वास्थय विज्ञले व्यायामका नयाँ तरिका र सम्मिश्रणको खोजी गरे । हेमिल्टनको म्याकमास्टर युनिभर्सिटी र रोचेस्टरको मेयो क्लिनिकका विज्ञले नयाँ बडी वेट रुटिन तयार गरेका छन् । ।

अनुसन्धानकर्ताले यो रुटिनलाई सुरुमा २० स्वस्थ महिला पुरुषमा ६ हप्तासम्म प्रयोग गरे । यसले उनीहरुको शरीर मजबुती र फिटनेस लेभल ७ प्रतिशतसम्म बढ्यो । खुट्टाको शक्ति बढ्यो र शरीर सुगठित भयो । आउनुहोस् बडी वेट रुटिनमा कस्ता व्यायाम समावेश छन्, यसबारे जानकारी लिऔं ।

१. एक मिनेटसम्म जम्पिङ ज्याक गर्नुहोस्ः

वार्मअपका लागि हावामा थोरै उफ्रिएर खुट्टालाई फैलाउँदै दुबै हातलाई माथि लगेर एक आपसमा जोड्नुहोस् । त्यसपछि यसरी नै उफ्रिएर सामान्य स्थितीमा फर्कनुहोस् ।

२. एक मिनेट मोडिफाइड बर्पी गर्नुहोस्ः

यो व्यायाममा हातलाई जमिनमा टेकाउनु पर्छ तर पुशअप्स गर्ने भने होइन  ।

३. एक मिनेट हाई नी रनिङ गर्नुहोस्ः

एकै स्थानमा उभिएर अल्टरनेट खुट्टाबाट हाई रनिङ गर्नुहोस् ।

४. एक मिनेट स्पिलिट स्क्वाट जम्प गर्नुहोस्ः

यो व्यायाम सुरु र समाप्त गर्ने बेला एउटा खुट्टा अगाडि र अर्को पछाडि गर्नुहोस् । 

५. त्यसपछि एक मिनेट हाई नी रनिङ गर्नुहोस्ः

हाई नीको यो दोस्रो चरण हो । यसले खुट्टा बलियो हुन्छ । 

६. एक मिनेट स्क्वाट जम्प गर्नुहोस्ः

स्क्वाट जम्पले पनि खुट्टा बलियो बनाउँछ । सबै व्यायम एकै स्थानमा बसेर गर्नुपर्छ । हरेक एक मिनेटको व्यायामपश्चात् एक मिनेटसम्म वरिपरि हिँड्नुहोस् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप