शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिनमा एक हजार बढी संक्रमितको मृत्यु

बुधबार, २८ माघ २०७७, ०६ : ०२
बुधबार, २८ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा केहि दिनयता लगातार ओरालो लाग्दै गएको भए पनि मंगलबार ह्वात्तै बढेको छ । अघिल्लो दिन ३३३ जनाको मृत्यु भएकोमा मंगलबार मृतक संख्या बढेर १०५२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ । पछिल्लो एकसातामा पाँच हजार ८३७ जना संक्रमितको मृत्यु भएको छ । 

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १२ हजार ३६४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ७२ हजार १४८ पुगेको छ । संक्रमित संख्या भने अघिल्लो दिनको तुलनमा कमी आएको हो ।

बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार बेलायतका अस्पतालमा २६ हजार ७३२ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार २३० जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् । गत महिना बेलायतको अस्पतालमा भर्ना हुनेको संख्या  ४० हजारको हाराहारीमा पुगेको थियो ।

बेलायतमा एक करोड २६ लाख बढीले लगाए खोप

बेलायतमा एक करोड २६ लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक करोड २६ लाख ४६ हजार ४८६ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये पाँच लाख १६ हजार ३९२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप