शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुधबार कुन राशिका लागि कति शुभ ?

बुधबार, २८ माघ २०७७, ०६ : ००
बुधबार, २८ माघ २०७७

विसं. २०७७ साल माघ २८ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ४९ पला,रातको १२ बजेर ४३ मिनेट उप्रान्त औंशी । नक्षत्र–उत्तराषाढा,१८ घडी १४ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त श्रवण । योग–सिद्धि,०१ घडी ०० पला,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा,दिउँसो ०१ बजेर ०९ मिनेट उप्रान्त शकुनि,रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर । 

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला । लैचह्रे पूजा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागीर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

यात्रा गर्दा ध्यान दिनुहोला, लामो दुरीको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नु पर्ने हुनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई दर्शन गर्न सकिनेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने सम्भावना रहेको छ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईतीबीच सामान्य कुरामा राय बाझिनेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

जीवन साथीको सहयोगले नाफामूलक व्यवसाय सुरु गर्न सकिनेछ भने लामो दुरीको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलासी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा शत्रुबाट छुटकारा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खानपानमा विशेष ध्यान दिनुहोला, पेट सम्बन्धि समस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै एक अर्काबीच छुट्टिनु पर्दा मनमा खल्लोपन महसुस हुनेछ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ, सजक रहनुहोला । बहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धी हरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरीको व्यवसायिक यात्रा तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहैलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विभिन्न सभा समारोहमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आएपनि खानपिनको तालमेल नमिल्दा  स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन्, ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैयाँ पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला, मनमुटाव हुने अधिक सम्भावना रहेको छ । तापनि होटल तथा रेष्टुरेन्टको व्यवसाय भने फस्टाएर जानेछ ।

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैंतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोगमार्फत् अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यवसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्न जरुरी देखिन्छ, समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने  स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यवसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप