शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आङ सान सूकीको पार्टी मुख्यालय सेनाद्वारा तोडफोड

बुधबार, २८ माघ २०७७, ०० : ०१
बुधबार, २८ माघ २०७७

एजेन्सी । म्यानमार मंगलबार सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले रबरका गोली र पानीको फोहोरा प्रयोग गरेको छ । त्यस्तै नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीको पार्टी मुख्यालयमा सेनाले हस्तक्षेप गरेको छ ।

पार्टी मुख्यालयमा सैनिक जवानहरुले तोडफोड समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रहरीले दुई दर्जनभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ भने रबरको गोली लागेर थुप्रै प्रदर्शनकारीहरु घाइते भएका छन् ।

केही दिनअघि म्यानमार सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकी लगायतका थुप्रै नेता कार्यकर्ताहरुलाई नजरबन्दमा राखेको छ । म्यानमारको सेनाको उक्त कदमको विश्वरभर कडा रुपमा आलोचना भैरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप