बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

वृहत् नागरिक आन्दोलनले ‘सिंहदरवार महिला मार्च’ गर्ने

मङ्गलबार, २७ माघ २०७७, २२ : ०७
मङ्गलबार, २७ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आन्दोलनरत वृहत नागरिक आन्दोलनले सिंहदरवार महिला मार्च गर्ने भएको छ । चरणबद्ध आन्दोलनमा रहेका नागरिक आन्दोलनका अगुवाहरुले शृङ्खलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाको विरोधमा मार्च गर्न लागेका हुन् ।

कार्यक्रमअन्तरगत शुक्रबार बसन्तपुरबाट सिंहदबारको मूलगेटसम्म महिलाहरुले मार्च गर्नेछन् । ‘एकपछि अर्को बलात्कारलाई मूकदर्शक भइ हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौ ?,’ नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्म – यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रिता शाह, रिता परियार, प्रणेता, प्रणिका कोयु, प्रकृति भट्टराई, कैलाश राई  र दोभान राईले शुक्रबार २ बजे बसन्तपुरमा भेला भइ मार्चमा सहभागी हुन अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप