पोखरालाई खेलकुदको राजधानी बनाउँछौँ: मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश खेलकुद परिषद् छिट्टै गठन गर्ने बताएका छन् । मंगलाबार पोखरा रंगशालामा शुरु भएको टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले खेल पर्यटनका लागि खेलकुदको रणनीति बनाउने काम भइरहेको बताउँदै खेलकुदको विकासको लागि गण्डकी प्रदेश खेलकुद परिषद्को गठन छिट्टै हुने बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी प्रदेश सरकार अगाडि बढेको बताए । उनले पोखरा पर्यटनको लागि मात्रै हैन खेलकुदको लागि पनि राजधानी बनाउन लागि रहेको बताए । ‘पोखरालाई पर्यटकीय राजधानीसँगै हामीले खेलकुदको विकासका लागि योजना बनाएर अगाडि बढेका छौ’ उनले भने । ‘पोखरा सहासिक खेलको हव समेत हो । त्यसैले प्रदेश सरकारले दिर्घकालीन योजना बनाएर अगाडि बढेको छ ।’
उनले गण्डकी प्रदेश खेलकुद परिषद् बनाएर अगाडि बढाउने प्रयास गरिरहेको बताउँदै खेलकुदमा प्रदेश अब्बल हुने बताए । उनले खेलकुदले अनुशासित र स्वस्थ नागरिक उत्पादनमा भूमिका खेल्ने बताउँदै सरकारले भौतिक पूर्वाधार निर्माणका लागि जग्गाको खोजी गरिरहेको बताए ।
खेलाडी उत्पादनका लागि भौतिक पूर्वाधार आवश्यक हुने हुँदा त्यसका लागि सरकार लागिरहेको उनले बताए । ‘बहुआयामिक अन्तराष्ट्रिस्तरको रंगशाला बनाउन जग्गाको खोजी भैरहेको छ’ उनले भने । ‘खेलकुद क्षेत्रको विकासका लागि योजना बनाएका छौं, आगामी बजेटमा खेल क्षेत्रलाई प्रयाप्त विनियोजन गर्ने योजना छ ।’
मुख्यमन्त्री गुरुङले गुनासो गर्ने ठाँउ नहुने गरी आगामी बजेटमा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए । ‘गण्डकी प्रदेशमा एन्फा एकेडेमी समेत निमार्ण हुँदैँछ, हामीले सक्ने सहयोग त्यसमा पनि गर्ने छौ’ मुख्यमन्त्री गुरुङले भने । ‘खेलकुदको सहर बनाउन विभिन्न प्रतियोगिताको आयोजना गरेका छौँ आगामी दिनमा त्यसलाई थप कार्ययोजनाका साथमा लाने गरी खेलकुदको रणनीति तयार पार्ने काम गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय