शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा चार फरार अभियुक्त पक्राउ

मङ्गलबार, २७ माघ २०७७, २१ : २८
मङ्गलबार, २७ माघ २०७७

रौतहट । रौतहट प्रहरीले लामो समय फरार रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र चन्द्रपुरले ती अभियुक्तलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका प्रतिवादी  गुजरा नगरपालिका-७ वस्ने महमजान अन्सारीको छोरा ३७ वर्षीय महम्दीन अन्सारी, खाद्यसम्बन्धी मुद्दामा १ लाख ३२ हजार जरिवाना तोकिएका  चन्द्रपुर  नगरपालिका–५ वस्ने ५२ वर्षीय गणेश घिमिरे, लागुऔषध मुद्दामा २ महिना कैद र  १४ हजार ४ सय ५० जरिवाना तोकिएका  चन्द्रपुर ६ का ३० वर्षीय सञ्जिव ठोकरलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै लागुऔषध मुद्दामा १२५५ रुपैयाँ जरिवाना तोकिएका सोही ठाउँका अर्जुन लामा भन्ने मंगलबहादुर लोप्चन पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत गौरमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरतबहादुर श्रेष्ठले  जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप