इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु

तेहरान । कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो ।
“हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्यौँ, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउने छौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउने छौँ,” राष्ट्रपति हसन रौहानीले भने ।
कोरोनाभाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो । “रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने ।
मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्य मन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिए । उनका अनुसार इरानमा अहिलेसम्म कोरोनाका कारण ५८ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने
-
नगरकोट भ्रमण वर्ष तयारी पूरा
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू