खोप उत्पादन गर्ने तीन विदेशी कम्पनीद्वारा औषधि व्यवस्था विभागमा निवेदन

काठमाडौं । कोभिड—१९ (कोरोना भाइरस) विरुद्धको खोप उत्पादन गरिरहेका तीन विदेशी कम्पनीहरूले नेपालमा खोप उपलव्ध गराउन औषधि व्यवस्था विभागमा निवेदन दिएका छन् । कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेका चीनको सिनोफाम, भारतीय कम्पनी भारत बायोटेक र स्पुतानिक भी खोप उत्पादन गरिरहेको रुसी कम्पनीले विभागमा निवेदन दिएका हुन् ।
कम्पनी दर्ता प्रक्रियामा आएका तीन देशका कम्पनीसँग विभागले थप कागजात माग गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए । विभागमा अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भइसकेको छ ।
कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भएपछि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज खोप हाल फ्रन्टलाइनमा रहनेहरूलाई लगाइने कार्यक्रम जारी छ । विभागले कोभिड—१९ विरुद्धको खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले आवश्यक कागजातसहित आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आवेदन बुझाउन यस अघिनै सूचना जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम