प्रचण्ड–माधव पक्षले बोलायो सचिवालय बैठक
मङ्गलबार, २७ माघ २०७७, १३ : ३८
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् । बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ । भोलीको विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने र अहिलेसम्मकै विशाल जनसभा भनेको छ । नेकपा विभाजित बनेसँगै तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चाररचार जना छन् भने वामदेव गौतमले कित्ता छुट्टयाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर