बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको आपूर्ति सहज बनाइदिन आग्रह गर्दै व्यवसायी पुगे राष्ट्र बैंक

मङ्गलबार, २७ माघ २०७७, १३ : ३५
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधि सुन आयात सहज बनाउन भन्दै राष्ट्र बैंक पुगेका छन् । नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फिलतो भएको व्यवसायीको गुनासो छ । 

व्यवसायीको गुनासोपछि राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक वमबहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार काम भए नभएको अनुगमन गरी त्यसलाई ब्यवस्थित गर्न पहल गरिने प्रतिवद्धता जनाए । राष्ट्र बैंकले सुन आायत कोटामा पनि पुनरावलोकन गरिने आश्वासन दिएको महासंघले जनाएको छ । 

विभिन्न बैंकहरुमार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी वनाइने भएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हल गर्नका लागि पहल गर्न आग्रह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप