अर्गानिक उत्पादनका लागि माटो ब्राण्डः बानेश्वरमा खुल्यो नयाँ फ्रेन्चाइज स्टोर
काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन, अर्गानिक खेतीको जोडबल गर्दै कृषि उत्पादन र बजारिकरण लागेको माटो ब्राण्डले राजधानीमा नयाँ फ्रेन्चाइज स्टोर खोलेको छ । काठमाडौं नयाँ बानेश्वरस्थित सुवर्ण मार्गमा कम्पनीले आफ्नो नयाँ फ्रेन्चाइज स्टोर खोलेको हो ।
मंगलबार एक समारोहको आयोजना गर्दै माटो ब्राण्डको सञ्चालक तथा व्यवस्थापक गोल्यान ग्रुपले उक्त स्टोरको विधिवत उद्घाटन गरेको हो । स्वदेशी उत्पादन, अर्गानिक कृषि उपज नै उपभोक्ताहरुलाई उपलब्ध गराउने उद्देश्यले सो स्थानमा कम्पनीको नयाँ आउटलेट खोलिएको कम्पनीले जनाएको छ ।
आफ्नै फार्मबाट उत्पादित ताजा तरकारी, फलफूल तथा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु नै माटो ब्राण्डको स्टोरमा उपलब्ध हुने गोल्यान ग्रुपका सहायक व्यवस्थापक चिराग लोहोनीले बताए । यस्तो उत्पादन झापामा रहेको आफ्नै कृषि फार्मबाट उत्पादित तरकारी तथा फलफूल स्टोरसम्म उपलब्ध गराइने र अन्य स्थानीय उत्पादन समेत स्टोरमा उपलब्ध गराइने लोहोनीले बताए ।
हालैमात्र खोलिएको स्टोरमा आफ्नै उत्पादनसहित एक सय ५० आइटम दैनिक उपभोग्य वस्तुहरु उपलब्ध रहेको समेत उनले बताए । ‘आज हामीले नेपाली कृषकहरू र हाम्रा ग्राहकहरू बीचको खाडल पुर्नको लागि हाम्रो अभियानतर्फ एक अर्को कदम चालेका छौं । जहाँ स्थानीय स्रोत, जैविक रूपमा उत्पादन गरिएको ताजा उत्पादन तपाईंको भान्छा सम्म ल्याउँछौ । माटोले स्थानीय सूक्ष्म, साना र मध्यम उद्यमहरूको साथ यसको उत्पादन उच्चतम विश्वव्यापी गुणस्तरको साथ उपभोक्तासम्म पु¥याउन सहयोग गर्दछ’ लोहोनीले भने ।
माटो ब्राण्डगोल्यान एग्रो प्रा.लि. को एक ब्रान्ड हो । जसले स्थानीय उद्यमीलाई यसको ब्रान्ड एम्बेसडरहरू बन्न समेत प्रोत्साहन गर्दछ । हाल माटो ब्राण्डका फ्रेन्चाइज स्टोरहरु ललितपुरको सानेपा र कुपन्डोल,काठमाडौंको नारायणथान, गोल्फुटार र नयाँ बानेश्वोरमा रहेका छन् भने कम्पनीले छिट्टै ललितपुरको झम्सिखेल, नक्साल, लाजिमपाट र चन्डोलमा समेत खोल्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई