प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग
मङ्गलबार, २७ माघ २०७७, १२ : ०५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।
प्रधानमन्त्री ओली ११ बजे आयोग पुग्ने भनिएपनि झण्डै एक घण्टा ढिलोगरी ११ः५५ बजेमात्रै आयोग कार्यालय छिरेका हुन् । यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु भने सवा ११ बजे नै आयोग पुगेका थिए ।
गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् । नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त
-
अनिशाले जितिन् ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड
-
रास्वपाको अलमल यात्रा
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस