पृथ्वी नजिक आइरहेको छ यो क्षुद्रग्रह, २१ मार्चमा हुने छ सबैभन्दा नजिक

एउटा संभावित खतरा पृथ्वीको नजिक आउन गइरहेको छ। झण्डै एक किमी व्यास भएको एउटा क्षुद्रग्रह (ऐस्टेरायड) आफ्नो यात्रा पथमा पृथ्वीका नजिक आई जाने क्रममा रहेको छ।
हुन त हाम्रो सौर्यमंडल यस्ता लाखौं लाख क्षुद्रग्रहले भरीभराउ छन्। यी खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँती सूर्यको परिक्रमा गर्छन् । र, सूर्यको परिक्रमा गर्ने क्रममा यी पिण्ड पृथ्वीको नजिक भई आफ्नो यात्रा पथमा अघि बढ्छन्। तर कहिले काही पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले यी पृथ्वीमा खस्न पनि सक्छन्। यसै कारणले गर्दा कुनै पनि क्षुद्रग्रह पृथ्वी नजिकबाट गुज्रिदा वैज्ञानिकहरु सतर्क हुन पुग्छन्।
२१ मार्चको बिहान यस्तै एउटा क्षुद्रग्रह पृथ्वीको नजिक आउन गइरहेको छ। यसलाई लिएर संसारभरीका 'स्पेस एजेन्सी' सजग भएका छन्। यस क्षुद्रग्रहको पहिचान २३१९३७ (2001FO32) का रूपमा गरिएको छ। अमेरिकी अंतरिक्ष एजेंसी नासाका अनुसार यो क्षुद्रग्रह १०२४ मीटर चौड़ा रहेको छ। र, यो खगोलीय पिण्ड ३४ दशमलब ४ किमी प्रति घंटाको गतिले अघि बढी रहेको छ। यो क्षुद्रग्रह जति जति पृथ्वीको नजीक आउँदै जान्छ, यसको गतिमा तीव्रता आउदै जान्छ।
नासाले गराएको जानकारी अनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात झण्डै २० लाख किमी परसम्म आई अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको क्षुद्रग्रहमा पर्छ। यस क्षुद्रग्रहको खोज सन २००१ को २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्रग्रह ग्रुपमा राखेको छ।
तपाईसंग ठूलो डायमीटरको टेलिस्कोप छ भने भने २१ मार्चको दिन बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेटसम्म यस आगन्तुक पिण्डलाई हेर्न सकिन्छ।
Title Photo: https://cdn.dnaindia.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण