विवाह पछि पनि आमा अमृतासँग बस्न चाहन्छिन् सारा अली खान, बताइन् यस्तो कारण
बलिउड नायिका सारा अली खान आमा अमृता सिंहसँग निकै नजिक छिन् । सारा धेरैजसो आमासँगको फोटो इन्स्टाग्राममा सेयर गरिरहन्छिन् । अमृता सिंहलाई कविता डेडिकेट गर्दै एकपटक सारा अली खानले लेखेकी थिइन्, ‘मेरो सहारा, मेरो प्रेरणा, जादुले भरिएकी व्यक्तिले मेरो सबै तनाव हटाउँछिन्, मेरो मूड स्विङ्ग ठिक गर्छिन्, कपाल झर्ने समस्या हटाइदिन्छिछन्, रुखो छाला र वाटर रिटेन्सनलगायत सबै समस्याबाट जोगाउँछिन् ।’
साराले थपिन्, ‘जब तपाईं सँगै हुनुहुन्छ तब सबै दुःख हट्छ, केही कुरासँग डर लाग्दैन । तपाईं सबै तरिकाले उत्कृष्ट हुनुहुन्छ मम्मी ।’
अमृता सिंहको जन्मदिनमा सारा अली खानले एक अन्तरवार्ताको क्रममा भनेकी थिइन्, ‘म विवाह पछि पनि आमासँगै बस्न चाहन्छु । म पूरा जीवन आमासँग बस्न चाहन्छु । मैले यस्तो भन्दा उहाँ दुःखी हुनुहुन्छ । किनभने उहाँले मेरो विवाहको अत्यधिक योजना बनाउनुभएको छ । तर उहाँ मसँग बस्न सक्नुहुन्छ, किन ? यसमा के समस्या छ ?’
साराका अनुसार उनलाई आमासँग घुम्न असाध्यै मनपर्छ । उनी भन्छिन्, ‘म उहाँलाई असाध्यै मीस गर्छु, उहाँ केही दिनका लागि बाहिर जाँदा पनि मलाई असाध्यै गाह्रो हुन्छ । म उहाँसँग केही पनि कुरा लुकाउँदिनँ । उहाँ एक्ली मानिस हुनुहुन्छ जोसँग मलाई डर लाग्छ ।’
सारा धेरैजसो परिवारसँग बिदा मनाउन यात्रा गरिरहेकी हुन्छिन् । यतिबेला उनी वर्कआउटको फोटो पनि सेयर गर्छिन् । हालै सारा मल्दिभ्समा आमा अमृता सिंह र भाइ इब्राहिमसँग बिदा मनाएर फिर्ता भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा