अझै पनि मेस्सीलाई भित्र्याउन सकिने सिटीको आशा

म्यान्चेस्टर सिटीले आगामी सिजन लियोनेल मेस्सीलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्ने आशा अझै नत्यागेको ईएसपीएनले जनाएको छ । यद्यपि, बार्सिलोनाको फरवार्डलाई अनुबन्ध गर्ने बारे अन्तिम निर्णय मार्च वा अप्रिल पछिको अवस्था हेरेर मात्र लिने क्लबले सोच बनाएको छ ।
मेस्सी जुनबाट करारविहीन हुनेछन् र जनवरी १ देखि अन्य क्लबसँग छलफल गर्नका लागि खुला छन् । गत अगस्तमा ३३ वर्षीय खेलाडीले बार्सालाई क्लब छाडेर जाने इच्छा व्यक्त गरेपछि सिटीले उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, पछिल्लो समय भने सिटी यस विषयमा मौन रहँदै आएको छ ।
उता, पेरिस सेन्ट जर्मेनले भने मेस्सीलाई अनुबन्ध गर्ने इच्छा सार्वजनिकरुपमा व्यक्त गर्दै आएको छ ।
पीएसजीका स्पोर्टिङ डाइरेक्टरले क्लबले मेस्सीको अवस्था नियाली रहेको बताएका थिए भने माउरिसयो पोचेटिन्हो, नेयमार र डि मारियाले आफूहरु मेस्सीलाई क्लबमा स्वागत गर्न तयार रहेको बताएका थिए । डि मारियाले त पीएसजीले नेयमारलाई अनुबन्ध गर्ने ठूलो सम्भावना रहेको बताएका थिए । बार्सिलोनाका प्रशिक्षक रोनान्ड कोम्यानले उक्त अभिव्यक्ति आपत्ति नै जनाएका थिए ।
मेस्सीको विषयमा पीएसजी आक्रामक भइरहँदा सिटीले भने कम आक्रामक रणनीति अख्तियार गरेको छ । यद्यपि, मेस्सीलाई अनुबन्ध गर्ने होडबाट आफूलाई बाहिर भने राखेको छैन ।
गत अगस्तमा मेस्सीलाई क्लबमा भित्र्याउनका लागि पेप ग्वार्डिओलाले उनीसँग फोनमा नै कुरा गरेर क्लबको योजनाबारे ब्रिफ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?
-
कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत, ५० लाखभन्दा कमका योजना प्रदेशबाट नबन्ने