शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा सालको अवैध काठ बरामद, तस्कर भने फरार

मङ्गलबार, २७ माघ २०७७, ०८ : ५८
मङ्गलबार, २७ माघ २०७७

 

रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले पाँच वटा साईकलमा सालको  अवैध गोलियाकाठ बरामद गरेको छ । डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्ती टोलिले गएराती गुजरा नगरपालिकाको मैढा  टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो ।

बरामद काठ  २९ कयु।फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन । अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए ।  यसअघि सोमबार राति पनि  बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट  बरामद गरेको थियो ।

बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप