बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

मङ्गलबार, २७ माघ २०७७, ०८ : ३९
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनसम्बन्धी समग्र विषयहरुमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली निर्वाचन आयोग जान लागेको ओली समुहका नेता सुवास नेम्वाङले जानकारी दिए । ‘प्रधानमन्त्रीसहित हामीहरु ११ बजे आयोग पुग्छौँ, निर्वाचनबारे समग्र विषयमा छलफल हुन्छ,’ नेम्वाङको भनाइ छ ।

नेकपामा देखिएको विवादबारे छलफल गर्न निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५–५ जना नेतासहित आयोग आउन भनेको थियो । आयोगले दुवै अध्यक्षलाई बोलाएपनि दुवै पक्षले प्रतिनिधि मात्र पठाएका थिए ।

त्यसपछि नेकपाको आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू आयोग पुगेर राजनीति दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप