सुवारेजले तोडे क्रिस्टियानो रोनाल्डोको कीर्तिमान

एथ्लेटिको म्याड्रिडमा लुइस सुवारेजको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । सोमबार उनले सेल्टाभिगोविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमानसमेत तोडेका छन् ।
वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको खेलमा उरुग्वेका स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर गोल गर्दै एथ्लेटिकोलाई बराबरी गर्न मद्दत गरेका थिए । सान्टी मिनाको गोलले पाहुना टोलीले खेलको १३ औँ मिनेटमा नै अग्रता लिएको थियो ।
३४ वर्षीय खेलाडीले दोस्रो हाफमा पुनः गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । बार्सिलोनाबाट आएयता लुइस सुवारेजले डिएगो सिमिओनीको टोलीका लागि मात्र १७ खेलमा १६ गोल गरेका छन् । योसँगै २१ औँ शताब्दीमा स्पेनको शीर्ष लिगमा कुनै क्लबका लागि शुरुवाती १७ खेलमा १६ गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल आएपछि क्रिस्टियानो रोनाल्डोले १७ खेलमा १५ गोल गरेका थिए ।
सोमबारको बराबरी*पछि एथ्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडसँग शीर्ष स्थानमा ८ अंकको दुरी बनाउन सफल भएको छ । सिमिओनीको टोलीले अझै एक खेल कम खेलेको छ ।
एथ्लेटिकोको उत्कृष्ट प्रदर्शनमा सुवारेजको भूमिका महत्त्पूर्ण रहेको छ । उनले लियोनेल मेस्सीभन्दा पनि ३ गोल बढी गरेका छन् ।
बार्सिलोनाले लुइस सुवारेजलाई टोलीबाट जान दिनु ठूलो गल्ती भएको समीक्षकहरुले बताइरहेका छन् ।
*यसअघि जीत भएको क्षमायाचनासहित भूलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजयनाथ भट्टराईले गभर्नर छनोट सिफारिस समिति सदस्यबाट दिए राजीनामा
-
शंखरापुर हत्या प्रकरण : आरोपी र मृतक ३ महिनादेखि सँगै बस्थे, मदिराले मातेर हत्या
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी