शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जुम्बाले तौल घटाउनुका साथै स्मरण शक्ति बलियो बनाउँछ, मुटुरोगको खतरा र तनाव पनि घट्ने

मङ्गलबार, २७ माघ २०७७, ०६ : ३९
मङ्गलबार, २७ माघ २०७७

आफूलाई फिट राख्नुका साथै तीब्र रुपमा तौल घटाउन चाहनुहुन्छ भने जुम्बा डान्स एक उत्कृष्ट विकल्प हो । सङ्गीतको तालमा नाच्दै तौल घटाउने यो तरिका कहिले बोरिङ लाग्दैन । 

स्पोर्टस् साइन्स एण्ड मेडिसिन जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार ४० मिनेटसम्म जुम्बा गर्नुहुन्छ भने ३६९ क्यालोरी बर्न गर्न सक्नुहुन्छ । यो फाइदा ४० मिनेटमा गरिने किक बक्सिङ र पावर योगको बराबर हो । 

फिटनेस ट्रेनरका अनुसार जुम्बाको ट्रेन्ड बढिरहेको छ किनभने फिटनेसको यो नयाँ तरिकाले तपाईंलाई फिट राख्नुका साथै खुसी पनि प्रदान गर्छ । जुम्बा के हो र यसले कसरी काम गर्छ र यो वर्कआउट कति तरिकाले फाइदाजनक छ, यसबारे जानकारी लिऔंः

के हो जुम्बा ?

भारतका फिटनेस ट्रेनर विनोद सिंह भन्छन्, ‘जुम्बा एक प्रकारको एरोबिक व्यायाम हो जुन ल्याटिन डान्सबाट प्रेरित छ । जुम्बाका लागि ठूलो आवाजमा गीत बजाएर डान्स गरिन्छ । यसले तपाईंलाई ऊर्जाशील राख्छ र बोसो घटाउन पनि मद्दत गर्छ । 

एक अनुसन्धानका अनुसार हप्तामा कम्तिमा ३ देखि ४ दिन जुम्बा गर्नुहुन्छ भने शरीर लचिलो हुन्छ । रक्त सञ्चार बढ्छ र आफूलाई निकै फ्रेश महसुस गर्नुहुनेछ । 

कसरी र कति गर्ने जुम्बा ?

फिटनेस ट्रेनर विनोद भन्छन्, ‘हप्तामा कम्तीमा ३ दिन जुम्बा गर्नुहोस् । ३०० देखि ४०० क्यालोरी बर्न गर्ने लक्ष्य राख्नुहोस् । आजकाल धेरै स्थानमा जुम्बा गराइन्छ । यसमा भर्ना हुनुहोस् । यसका लागि कुनै उपकरणको आवश्यकता पर्दैन ।’

विनोद भन्छन्, ‘जुम्बाको असर पूरा शरीरमा हुन्छ । यसले मांसपेशीलाई बलियो बनाउँछ र बडी पोस्चरलाई सुधारेर यसलाई लचिलो बनाउँछ ।’
कस्तो हुनुपर्छ खानपिन ?

भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट सुरभि पारिक भन्छिन्, ‘जुम्बा गर्नुहुन्छ भने खानामा अण्डा, चिकेन, फिश, दाल वा तोफू समावेश गर्नुहोस्, यसले प्रोटिनको कमी पूरा गर्नेछ । खानामा सागसब्जी र फलफूल पनि समावेश गर्नुहोस् । भोक लाग्दा स्याउ वा ड्राय फ्रुट्स लिन सक्नुहुन्छ । यसबाहेक नास्तामा किनुआ, ब्राउन राइस र ओट्स खानु राम्रो विकल्प हो ।’

उनी भन्छिन्, ‘जुम्बालाई फिटनेस रुटिनको हिस्सा बनाउँदै हुनुहुन्छ भने ह्वाइट कार्ब जस्तै ब्रेड, पास्ता र कुकिज खानबाट जोगिनुहोस् । डाइटमा प्रोटिनको मात्रा बढाउनुहोस् ।’

संसारमा कहिले र कसरी सुरु भयो जुम्बा ?

संसारमा यो फिटनेस प्रोग्रामलाई ल्याउनुको श्रेय कोरियोग्राफर तथा फिटनेस इन्स्ट्रक्टर अल्बर्टो बिटो परेजलाई जान्छ । यसको सुरुवात ९० को दशकमा भयो । जुम्बाको सुरुवातसँग जोडिएको एउटा किस्सा पनि छ । वास्तवमा अल्बर्टो एक दिन एरोबिक क्लासेस लिन जाँदै थियो, त्यसपछि उनलाई महसुस भयो कि उनले त्यसदिन सङ्गीत सुन्न बिर्सिएका थिए । घर फर्किएपछि सङ्गीत सुन्न सम्भव थिएन । त्यसैले जब उनी एरोबिक्स सिकाउनका लागि क्लासमा पुगे तब उनले सङ्गीतसँग एरोबिक वर्कआउटलाई मिक्स गरे । विद्यार्थीले यो वर्कआउट निकै रुचाएको उनले महसुस गरे । 

आधिकारिक रुपमा अल्बर्टोले सन् २००१ मा फिटनेस वर्कआउटलाई मियामीमा सिकाउन सुरु गरे । यहाँ नै यसको नाम जुम्बा राखियो । यद्यपि, यो नामको केही विशेष अर्थ भने छैन । जुम्बालाई फिटनेस र फनको सम्मिश्रण बताइयो र यो निकै चर्चित वर्कआउट पनि बन्यो । 

जुम्बाका ८ ठूला फाइदाः

– तौल घट्नेछ

– स्मरण शक्ति बढ्नेछ

– तनाव, बेचैनी घट्ने

– मुटुरोगको खतरा कम हुने

– उर्जाशील महसुस हुने

– मांसपेशी र हड्डी बलियो हुने

– पूरा शरीरभरी यसको असर हुने

– शरीर लचिलो हुने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप