शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तालुखुइलेलाई खुसीको खबर

मङ्गलबार, २७ माघ २०७७, ०० : ३०
मङ्गलबार, २७ माघ २०७७


थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले  अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ  ।

वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको  छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो । वनस्पति जगतमा ‘राइजो फोरसी’ (RHIZOPHORACEAE)    फेमीलीको राइजोफोरा प्रजातिमा आउने मैग्रोव ट्रोपिकल र सबट्रोपिकल भु—भागमा पाइने झाडी किसिमको सानो रुख हो ।

https://upload.wikimedia.org

मैंग्रोवबाट बनिने अर्कलाई ‘एविसोनिया’ मारिन भनिन्छ । यसमा प्रमुख रुपले एविसेक्विनन भन्ने रसायन पाइन्छ । यसले एक्टिभ कम्पाउन्ड एन्जाइमसँग प्रतिक्रिया गरेर कपाल झर्ने क्रमलाई रोक्छ । मूलतः कपाल झार्न भूमिका निर्वाह गर्ने  शरीरको हार्मोनलाई यसले नियन्त्रित गर्छ ।

थाइल्याण्डको चुल लान्गकोर्न विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सम्मिलित ५० जना व्यक्तिमा यसको सकारात्मक परिणाम प्राप्त भएको छ । त्यसमा उनीहरुको कपाल झर्न रोकिनुका साथै नयाँ कपाल आउन थालेको नतिजा प्राप्त भएको थियो ।

चुल लान्गकोर्न विश्वविद्यालयको ‘फार्माकोग्नासी एण्ड फर्मास्युटिकल बोटनी’ संकायका प्रोफेसर बाचाइ डेनामक्कुलले मैग्रोवको अर्कबाट  बनाइएको औषधी तालु खुइलिने रोगमा अत्यन्त प्रभावकारी रहेको बताए । यसले कपाल झर्न रोक्नुका साथै नयाँ कपालको विकासमा समेत मद्दत गर्छ । एउटा निजी कम्पनीले यस औषधीको व्यापारिक उत्पादन गर्ने पेटेन्ट लिएको छ । ६ महिनाभित्र यो औषधी बजारमा उपलब्ध गराउने कम्पनीले दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप