एउटै खेलमा सावित्राको ८ गोल, एपिएफसँग चौदण्डीगढी १४–० हार्यो
सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।
फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २÷२ गोल गर्दा अनु लामाले र रविना लामाले एक÷एक गोल आफ्नो नाममा लेखाए । पहिलो हाफमा ७ गोल गरेको एपिएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो ।
पहिलो चरणको खेलमा चोदण्डीगढीमाथि २२ गोल गरेको एपिएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेकोे छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । पराजित चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डीगढीले अहिले सम्म तालिकामा अझै खाता खोल्न सकेको छैन् ।
अंक विहीन रहदै पुछारमा रहेको छ । अहिले सम्मका खेल सम्पन्न हुँदा चौदण्डी गढीले सबै खेलमा गरेर कुल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपिएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपिएफले कुल ५७ गोल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबारे प्रचण्डको उदासीनताप्रति विप्लवले पोखे असन्तुष्टि, नेसपामा अन्योल
-
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
-
माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने
-
वैशाखमा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
-
पुस १३ देखि पोखरा सडक महोत्सव
-
फाइनल प्रवेशका लागि भएको भिडन्तमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य