आयात प्रतिशत घट्दा बढ्यो निर्यात
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र चार प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ५० प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, पस्मिना, चाउचाउलगायत वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायत वस्तुको निर्यात घटेको छ । यस्तै आव २०७७÷७८ को ६ महिनामा कूल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ र १७.४ प्रतिशतले कमी आएको छ ।
आव २०७७÷७८ को ६ महिनामा कूल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटेर ६ खर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
शुक्रबार र शनिबार कहाँ-कहाँ हुन्छ वर्षा ?
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै