बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हस्तक्षेपको बावजूद रौतहटको  ३ स्थानमा प्रचण्ड माधव समूहको मसाल जुलुस

सोमबार, २६ माघ २०७७, २० : १०
सोमबार, २६ माघ २०७७

रौतहट । प्रहरी हस्तक्षेपको बावजूद प्रचण्ड माधव समूहले छुट्टाछुट्टै रौतहटको तीन स्थानमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रचण्ड माधव समूहका नेता कार्यकर्ताले रौतहटको सदरमुकाम गौर, चन्द्रबहादुर र गरुडामा सोमबार सांझ मसाल जुलुस प्रदर्सन गरेका हुन् ।
 
दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरुले ओली सरकार विरुद्ध चर्का नारा लगाउँदै मसाल प्रदर्शन गरेका थिए । तर प्रदर्शनकारीलाई प्रहरीले भने लखाट्दै हिंडेको थियो । गत ५ गते प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटन फिर्ता र संवैधानिक निकायमा भएको नियुक्त तत्काल बदर गर्नुपर्ने प्रदर्शनकारीहरुले माग गरेका थिए ।

नेकपा केन्द्रीय सदस्य समीर भट्टराईले चन्द्रनिगाहपुर र प्रदेश कमिटी सदस्य सम्भु साहले गौरमा प्रदर्शन भएको मसाल जुलुसको नेतृत्व गरेका थिए । अगामी २८ गते काठमाडौंमा हुने प्रचण्ड माधव समूहको प्रदर्शनलाई सफल बनाउन आजको मसाल जुलुसको आयोजना गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप