इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ । अदालतबाट निस्कनेक्रममा उनले पत्रकारहरुसँग भने, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।”
उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । शुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै पेश गरेका हुन् । प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।
उनलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उहाँ १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश