सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त
सोमबार, २६ माघ २०७७, १६ : ४८
काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो ।
यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा आवद्ध भएकी थिइन् ।
औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी राणाले बैंक तथा वित्तिय क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी छिन् ।
राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको जिम्मेवारी सम्हालिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरको आँगनभित्र छिर्यो, एकको मृत्यु