शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त

सोमबार, २६ माघ २०७७, १६ : ४८
सोमबार, २६ माघ २०७७

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो । 

यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा आवद्ध भएकी थिइन् । 

औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी राणाले बैंक तथा वित्तिय क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी छिन् । 

राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको जिम्मेवारी सम्हालिसकेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप