शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ भोलि नहुने

सोमबार, २६ माघ २०७७, १६ : ०६
सोमबार, २६ माघ २०७७

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आजको इजलासमा जानकारी दिए । इजलास बुधबारदेखि पुनः निरन्तर हुने राणाले बताए ।  
पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।

तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए । 

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप