अफगानिस्तानमा हवाई आक्रमण, ६ तालिवान लडाकू मारिए
सोमबार, २६ माघ २०७७, १५ : ४३

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ ।
फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ । तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा