पत्रकार र कूटनीतिक नियोगका कर्मचारीले लगाए कोरोना खोप (फोटोफिचर)
सोमबार, २६ माघ २०७७, १४ : ०६

काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ । आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिन लागिएको हो । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो ।