शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करीनासँग बिहेको दिन सैफले अमृतालाई लेखेका थिए यस्तो चिठी

सोमबार, २६ माघ २०७७, १३ : १३
सोमबार, २६ माघ २०७७

बलिउडको लोकप्रिय जोडी अभिनेत्री करीना कपूर खान र अभिनेता सैफ अली खानको विवाह भएको धेरै वर्ष भयो । करीना र सैफको एक छोरा छन् भने उनी हाल गर्भवती छिन् । 

सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती अमृता सिंह ८० को दशककी चर्चित अभिनेत्री हुन् । अमृता र सैफका दुई जवान सन्तानहरु पनि छन् । जसमध्ये छोरी सारा खान बलिउडकी लोकप्रिय अभिनेत्रीको रुपमा परिचित भइसकेकी छिन् ।

अमृतासँग सम्बन्धविच्छेद गरेका सैफले करीनासँग विवाह गरेपछि उनीहरुको सम्बन्धका बारेमा निकै चर्चा पनि हुने गरेको छ । 

यसैबीच, एक भारतीय टेलिभिजन कार्यक्रममा सैफले करीनासँग विवाहको दिन अमृतालाई पत्र लेखेको खुलासा गरे । उनले अमृतालाई आफ्नो विवाह हुन लागेको र आगामी दिनहरुका लागि शुभकामना मागेका थिए भने अमृताको पनि सुखद जीवनको कामना गरेका थिए । 

उनले उक्त चिठी करीनालाई पनि देखाएका थिए । करीनाले चिठी पढेपछि अमृतालाई पठाउन सुझाव दिएको समेत उनले उल्ल्लेख गरे । उनले उक्त चिठी अमृतालाई पठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप