शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धले तय गर्यो नयाँ नारा ‘समय यात्रुको, उडान हाम्रो’, अब दैनिक सय उडान

सोमबार, २६ माघ २०७७, १२ : ५५
सोमबार, २६ माघ २०७७

काठमाडौं । नयाँ जहाजको आगमनसँगै बुद्ध एअरले आक्रामक बजार विस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एअरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।

कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यसअनुसार बुद्ध एअरले दैनिक सय उडान तथा अवतरण गर्नेगरी तालिकासमेत बनाइसकेको छ । ‘बुद्ध एअरका मार्केटिङ ता सेल्स विभाग प्रमुख रुपेश जोशीलले अब  दैनिक १०० भन्दा बढी उडान भर्ने बताए ।

‘समय यात्रुको ,उडान हाम्रो’ भन्ने नाराका साथ नयाँ उडान तालिका बनाएको जोशी बताउँछन् । हाललाई पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने जोशीले बताए । सँगै बुद्धले अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने जनाएको छ ।

यसबाट यात्रुले आफुखुशी अनुकल समयमा हवाई यात्रा गर्न सक्नेछन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् ।

थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।

बुध्द एअरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ ।  

भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्ने बुद्धले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप