माल्दिभ्समा ६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ खोप दिइयो

एजेन्सी । माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । तथ्याङ्क अनुसार माल्दिभ्समा शनिबार दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार ८५४ पुगेको छ ।
खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ । यसैबीच माल्दिभ्समा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कूल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण रहेको छ भने २०७ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार ६५६ व्यक्तिमा काभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ । माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाइसक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’
-
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’