शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट तीन फरार प्रतिवादी पक्राउ

आइतबार, २५ माघ २०७७, १८ : ५५
आइतबार, २५ माघ २०७७

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध चरेस मुद्दामा फरार एक र कुटपिट मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीलाई आज सार्वजनिक गर्दै जिल्ला अदालत पठाएको हो ।

जिल्ला अदालतले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै पाँच दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौँडा उपमहानगरपालिका–५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरिएको हो । उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा–५ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका लामालाई कैद भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यसैगरी कुटपिट मुद्दामा जिल्ला अदालतले २०७३ साल वैशाख ३० गते दोषी ठहर गर्दै प्रतिव्यक्ति रु ५० हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेको मनहरि नपा– १ का ३५ वर्षीय रामप्रसाद लटौंला र ३२ वर्षीया अञ्जु लटौंलालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप