आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उत्तराखण्ड हिमनदी विष्फोटः दश जनाभन्दा बढीको शव भेटियो (अपडेट)

आइतबार, २५ माघ २०७७, १८ : ०१
आइतबार, २५ माघ २०७७

एजेन्सी । आइतबार बिहान करिब साढे १० बजे उत्तराखण्डमा ठूलो दुर्घटना भयो । राज्यको चमोली जिल्लाको तपोवनमा हिमनदी फुटेर ऋषिगंगा नदीमा ठूलो बाढी आयो । सो बाढीले निर्माणधीन धौंलीगंगा हाइड्रोपावर बगाएको छ । तपोवनमा एक निजी कम्पनीमार्फत निर्माणधिन ऋषिगंगा हाइड्रोपावर र सरकारी कम्पनीमार्फत निर्माण भैरहेको अर्को एनटीपीसी हाइड्रोपावर रहेका थिए ।

बाढीले ऋषिगंगा प्रोजेक्टमा काम गरिरहेका १५ देखि २० मजदूरहरु वेपत्ता भएका छन् भने अर्को हाइड्रोपावरमा कार्यरत करिव १५० मजदूरहरु बेपत्ता भएको आशंका गरिएको छ । ऋषिगंगा प्रोजेक्टको साइटमा तीन जनाको शव भेटिएको छ भने १६ मजदूरको उद्दार गरिएको छ । 

बाढीले ऋषिगंगा हाइड्रोपावर पुरै बगाएको छ । उता, ऋषिगंगा नदी धौलीगंगामा मिसिने गर्छ । धौलीगंगामा रहेको अर्को सरकारी प्रोजेक्ट एनटीपिसीमा पनि क्षति पुगेको छ । सो प्रजेक्टमा कार्यरत १५० मजदूर बेपत्ता भएको आशंका गरिएको छ ।

 भाष्कर दैनिकले श्रोतले उदृत गर्दै त्यहाँ १० वटा शव भेटिएको जनाएको छ । त्यस्तै त्यहाँबाट १७ मजदूरको उद्दार भएको र अन्य मजदूरहरुको उद्दार गर्ने काम चलिरहेको जनाइएको छ । अहिले भारतीय स्थल सेना र हवाईका जवान समेत उद्दारमा खटिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप