उत्तराखण्डको हिमनदी विष्फोटपछि आएको बाढीमा २ जनाको शव भेटियो (अपडेट)
आइतबार, २५ माघ २०७७, १७ : २०
एजेन्सी । भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा २ जनाको शव भेटिएको छ । उत्तराखण्डको चमोली जिल्लामापर्ने हिमनदी फुट्दा स्थानीय धौलीगंगा नदीमा भीषण बाढी आएको छ । बाढीमा परेर ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता आशंका गरिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावतले ट्वीटरमार्फत उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवस्थापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । अहिले उद्दारको काम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक
-
हत्कडीसहित अभियुक्त फरार
-
शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता, आन्दोलनस्थलमै जाने