ल्होछारका अवसरमा शैलुङ र चौंरीदेउरालीमा सार्वजनिक बिदा
चरिकोट । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिए ।
गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ । ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औं लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् । गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए ।
बनेपा–काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए ।
सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यसअघि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती