शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा थप ३  नेपालीको मृत्यु

आइतबार, २५ माघ २०७७, १५ : ५२
आइतबार, २५ माघ २०७७

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ ।  

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने  २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप