शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारले आज पनि तोड्यो दुई रेकर्ड, ३ दर्जन कम्पनीमा सकारात्मक सर्किट

आइतबार, २५ माघ २०७७, १५ : २९
आइतबार, २५ माघ २०७७

सेयर बजारमा एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब ४४ करोड रुपैयाँ बरारबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै रकम हो ।

कारोबार बढ्दा आइतबार बजार परिसूचकमा ४८ अंकको सुधार देखिएको छ । यो दिन ४८.९७ अंकले बजार बढ्दा नेप्से परिसूचक बजार परिसूचक २ हजार ५ सय २४ दशमलव २४ अंकमा पुगेको छ । यो परिसूचक पनि अहिलेसम्मकै धेरै हो । 

समग्र बजार ४८ अंकले बढ्दा पनि यो दिन वाणिज्य बैंक, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ । म्युचुअल फण्ड भने सबैभन्दा धेरै ७.६ प्रतिशतले बढेको देखिएको् छ । 
बजारमा आज १ सय ७३ कम्पनीमध्ये १ सय २५ कम्पनीको मूल्य बढेको छ । ३६ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो दिन ३६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाल फाइनान्सको सेयरमूल्य भने सबैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप