मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

आइतबार, २५ माघ २०७७, १२ : ५१
आइतबार, २५ माघ २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ ।\

रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् ।

नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणालीमार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग दैनिक कारोबार सीमाअन्तर्गत नै पर्नेछ । 

ग्राहकवर्गले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोलि कुमारी रेमिट फिचरमा क्लिक गरि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका लागी न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा बैंकले विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप