बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभियानको दोस्रो चरण : पत्रकार र कूटनीतिक नियोगका कर्मचारीले खोप लगाउँदै

आइतबार, २५ माघ २०७७, ११ : २४
आइतबार, २५ माघ २०७७

काठमाडौं — कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोग कर्मचारीहरूलाई दिइने भएको छ । पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै दोस्र्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारी सोमबारदेखि खोप दिने सरकारले निर्णय गरेको हो ।

सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । ४ लाख ३० हजारलाई खोप दिने लक्ष्य राखेपनि एक लाख ८४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको दोस्रो चरणको खोप टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई दिइने छ भने सिभिल अस्पतालमा पत्रकारहरूलाई खोप दिने मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले बताए ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयम्सेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीले लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले १०  डोज खोप प्राप्त गरेको हो । कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप