बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप, घण्टौं चल्यो सोधपुछ

आइतबार, २५ माघ २०७७, ०८ : ३८
आइतबार, २५ माघ २०७७

बलिउड नायिका सनी लियोनी आजकाल केरलमा छुट्टी मनाइरहेकी छिन् । छुट्टी मनाइरहँदा नायिकाको सामना केरल क्राइम ब्रान्चसँग भएको छ । वास्तवमा सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

सनीमाथि लाग्यो यस्तो आरोपः

सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठगी गरेको आरोप लगाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् । श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो । 

यो कारणले कार्यक्रममा उपस्थित हुन सकिनन्ः

खबरलाई विश्वास गर्ने हो भने  सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो । सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ  भएको बताएकी छिन् । सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन । अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप