बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

आइतबार, २५ माघ २०७७, ०८ : २१
आइतबार, २५ माघ २०७७

क्रिस्टियानो रोनाल्डोको सिजनको २३ औँ गोलको मद्दतमा युभेन्टसले एएस रोमालाई हराउँदै इटालियन सिरिए एको तेस्रो स्थानमा उक्लिएको छ । 

रोनाल्डोले तीन खेलमा गोलको खडेरी अन्त्यत गर्दै खेलको १३ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोजर इबानेजले आत्मघाती गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बन्यो ।

जीतसँगै साबिक विजेता युभेन्टस रोमालाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ५ अंकले पछि रहेको छ । यद्यपि, युभेले एक खेल कम खेलेको छ ।

आन्द्रे पिर्लोको टोलीका लागि सबै प्रतियोगितामा यो लगातार छैटौँ जीत हो । 

हालै ३६ वर्ष पुगेका रोनाल्डोले आफ्नो गोल गर्ने फर्मलाई जारी राखेका छन् । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी इन्टर मिलानका रोमेलु लुकाकुभन्दा अघि १७ खेलबाट १६ गोल गर्दै शीर्ष स्थानमा छन् ।

अन्य खेलमा नापोली भने जेनोआसँग १–२ गोलअन्तरले पराजित भयो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप