पुछारको टोलीविरुद्ध रियलको पुनरागमन

राफायल भारानले दुई गोल गरेपछि रियल म्याड्रिडले लिगको पुछारमा रहेको टोली हुएस्कालाई एक गोलले पछि परेको स्थिति उल्टाउँदै जीत हासिल गरेको छ । शनिबार भएको खेलमा रियलले हुएस्कालाई २–१ गोलले पराजित गरेको हो ।
खेलअघि रियलका म्यानेजर जिनेदिन जिदानले आफ्नो टोली अझै पनि ला लिगाको उपाधि होडमा रहेको दाबी गरे पनि रियल दोस्रो हाफको शुरुवातमा नै जाभी गालानको गोलमा पछि परेको थियो । तर, त्यसको ६ मिनेट पछि नै भारानले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । फ्रान्सका डिफेन्डरले खेलको अन्त्यतिर अर्को गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
जीतसँगै रियल ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । तर, शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा ७ अंकले पछि परेको छ । त्यसमाथि एथ्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ ।
शनिबारको खेलअघि रियलले पछिल्ला ५ मध्ये एक खेलमा मात्र जीत हासिल गर्न सकेको थियो । जसले गर्दा मिडियामा जिदानको चर्को आलोचना भइरहेको थियो । यो जितले जिदानलाई केही राहत मिलेको छ ।
शनिबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई ३–० ले हराउँदे लिगको तेस्रो स्थानमा उक्लिएको छ । उता, इल्चे र भिल्लेरियाल तथा ग्रानाडा र लेभान्ते दुवैले २–२ को बराबरी खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय