बैतडीमा आफ्नै बाबुले हानेको गोली लागेर छोरीको मृत्यु
शनिबार, २४ माघ २०७७, २० : २२

काठमाडौँ । आफ्नै बाबुले हानेको गोली लागेर एक युवतीको मृत्यु भएको छ । गोली लागेर २० वर्षीया बेलमती महरा (धामी)को मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षिया धनबहादुर महराले आफ्नै छोरीमाथि गोली प्रहार गरेका हुन् ।
महराले आफ्नै विवाहित छोरीमाथि गोली प्रहार गरी जंगलतिर भागेको प्रत्यक्षदर्शीको भनाई छ ।
प्रहरीका अनुसार बेलमतीको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित