शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भागरथी हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा

शनिबार, २४ माघ २०७७, २० : ०१
शनिबार, २४ माघ २०७७

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ बर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा प्रहरी बरिष्ठ उपरिक्षक नेतृत्वको टोली खटिएको छ । 

सनातन धर्म उच्चमावीमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा बुधवार हराएकी थिइन् । बिहिबार उनी पढ्ने सनातन धर्म उच्च माविबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । 

घटना अनुसन्धानका गर्न सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक जनक पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेको छ । 

भागरथीको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन गरिएको छ । 

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको रातोपाटीलाई बताए । सिंहले भने–‘विभिन्न कोणबाट अनुसन्धान अगाडी बढाएका छौं ।’ 

उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ । 

प्रहरीका अनुसार शरिरमा घाउचोट देखिएको छ । घाँटी र टाउकोमा चोट देखिन्छ । यौनीबाट रक्तश्राव भएको अवस्थामा शव फेला परेको हुनाले बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष छ । पातलो बस्तीबीचको सामुदायिक बनमा शव भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप